Logo

एकैदिन प्रतितोला ३ हजार ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन प्रतितोला ३ हजार ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ हाजर ४ सयले घटेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको रु ९८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि तोलाको रु ७० ले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL