Logo

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान समुहलाई २ नम्बर प्रदेशबाट विशेष समर्थन

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान समुहलाई २ नम्बर प्रदेशबाट विशेष समर्थन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समुह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ । प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरकृया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो ।

जनकपुर पुगेको टोलीलाई भव्य स्वागत गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघले प्रधानसहित जिल्ला नगर तर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र बस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई स्वागत गरेको हो ।

जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सोमबार नै आयोजना भएको अन्तरकृयात्मक कार्यक्रमलाई प्रधानसहित उपाध्यक्षका उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशले विशेष समर्थन जनाएको छ । चुनावी अभियानका दौरानमा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समुहलाई नै आफनो लोप्रिय मत दिएर नेतृत्वमा लैजाने प्रतिबद्धा कार्यक्रमका सहभागिहरुले जनाएका छन् ।

कार्यक्रममा सहभागि जिल्ला नगरका साथै समग्र व्यवसायीहरुले जिल्ला नगरको आशाको केन्द्र किशोर प्रधान र समुहमा रहेको भन्दै ढुक्क भएर अघि बढ्न सुझाव दिएका छन् । 

औपचारिक कार्यक्रमका दौरान वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले सबैलाई सम्बोधन गरेका थिए । 

एसोसियटतर्फका उपाध्यक्षका उम्मेदवार शौरभ ज्योति भने कोरोना संक्रमणका कारण उपचाररत भएकाले जनकपुर धाम पुग्न सकेनन् । जनकपुरधामको औपचारिक कार्यक्रमको समापनपश्चात प्रधान सहितको समुह बुटवल हुदै काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL