Logo

सोमबार थपिए कोरोनाका २५७१ जना संक्रमित, ज्यान गुमाउनेको संख्या ११२६ पुग्यो

सोमबार थपिए कोरोनाका २५७१ जना संक्रमित, ज्यान गुमाउनेको संख्या ११२६ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १७७ जनको पिसिआर परिक्षणमा २५७१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । संक्रमितमध्ये १ लाख ५९ हजार ७ सय २४ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL