Logo

आज पनि बढ्यो सुनको मूल्य, तोलाको ९८ हजार २ सयमा कारोबार हुँदैं

आज पनि बढ्यो सुनको मूल्य, तोलाको ९८ हजार २ सयमा कारोबार हुँदैं



काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९८ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको रु ९७ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य पनि तोलाको रु १० ले बढेर प्रतितोला १२ सय ८५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL