Logo

पोको एम२ र पोको सी३ नेपाली बजारमा सार्वजनिक, यस्तो छ विशेषता र बजारमूल्य

पोको एम२ र पोको सी३ नेपाली बजारमा सार्वजनिक, यस्तो छ विशेषता र बजारमूल्य



काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ फोन पोको एम२ र पोको सी ३ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा यो सहित दोस्रो पटक आफ्नो उत्पादनहरु भित्र्याएको हो, यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरिएको थियो ।


शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “पोकोले पहिलै मी फ्यानहरु र प्रयोगकर्ताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र नेपालमा यी ब्राण्डका दुई नयाँ स्मार्टफोेनहरु सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ । पोकोमा हामी स्वतन्त्रता पूर्वक निर्णय लिन र विकासको बाटोमा अघी बढिरहन केन्द्रित रहेका छौँ, त्यसैले हामीले प्रयोगकर्ताहरुको छनौटका लागि शिर्ष विशेषताहरुका साथ पोको एम२ र पोको सी ३ सार्वजनिक गरेका छौं । हामीले आशा गरेका छौं कि यी नयाँ स्मार्टफोनहरुले नयाँ प्रयोगकर्ताहरुलाई पनि यस ब्राण्डतर्फ आकर्षित गर्नेछ ।”

पोको एम२ मा मिडियाटेक हेलियो जी८० अक्टा—कोर प्रोसेसरका साथै २.०जीएचजेड मा दुई कोटेक्स—ए७५ र १.८ जीएचजेड मा छ कोटेक्स—ए५५ को साथ आउँदछ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउँदछ । मिडियाटेक गेमिङ्ग विशेषताहरुका साथ पोको एम२ प्रयोगकर्ताले आर्कषक गेमिङ्गको आनन्द लिन सक्नेछन् ।

माथि उल्लेखित विशेषताहरुसंग एकेबद्दता जनाउँन ६ जीबी र्यामका साथ यो पूर्ण सम्पन्न उपकरणले या श्रेणीका मापदन्डहरुलाई माथि उठाउने छ । गा्रहकहरुलाई उच्चस्तरीय दृश्य अनुभव प्रदान गर्नको लागि, पोको एम२ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०× १०८० रीसोलूशन र १९स्५स्९ को आकृति अनुपात पनि रहेको छ । साथै कर्निंग गोरिला ग्लास ३ ले स्क्रीनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्दछ ।

उक्त डिस्प्ले टीयुभी रेनल्याण्डबाट रिडिङ मोडका लागि सर्टिफाइड पनि भएको छ । फ्रन्टमा नजिकै एड्ज—टु —एड्ज डिस्प्लेका साथ, पोको एम २ को रियमा फिंगरप्रिन्ट सेनसर छ जसले उपकरणलाई छिटो अनलकिङ्ग गर्न अनुमति दिन्छ । फोनको सुरक्षाको लागि एद्दष् न्यानो कोटिङ्ग पनि छ जस्ले पोको एम २ लाई अनावश्यक स्प्ल्यास प्रतिरोधी बनाउँदछ ।

पोको एम२ मा क्वाड क्यामेराको विशेषता रहेको छ जसमा १३ एमपी प्राइम सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर समावेश छ । ८ एमपी अल्ट्रा वाइड क्यामेराको साथ ११८ डिग्री फिल्ड भ्यू खिच्न र प्रयोगकर्ताहरुले आफ्ने दृश्य अवलोकनलाई विस्तार गर्दै ड्रामेटिक क्लोजअप शटहरु लिन सक्छन् । प्रयोगकर्ताले म्याक्रो क्यामेरामा रमाइलो भिडियोका लागि पूर्ण एचडी फूटेज लिन सक्छन् । पोको एम२ ५००० एमएएच बिल्ट—इन ब्याट्रीका साथ आउँदछ र लामो समयसम्म ब्याट्री ब्याकअपका लागि १८ वाट्ट फास्ट चार्जिंग (१० वाट्ट इन बक्स) समर्थन गर्दछ ।

टु—टोन डिजाइन अभिलक्षणका साथ पोको सी३ यस क्षेणीमा प्रयोगर्ताहरुलाई उत्तम तरिकाले फिट हुने स्मार्टफोन बनाउन आन्तरिकहरुको सन्तुलित सेटका साथ आउँदछ । पोको सी३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन पनि बनेको छ । पोको सी३ को ट्रिपल क्यामेरा सेटअपमा १३ एम.पी प्राइमरी सेन्सर, २ एम.पी म्याक्रो सेन्सर र १३ एम.पी डेप्थ सेन्सर पनि छ । डेप्थ सेन्सरले क्रिमी बोकेहका साथ क्रिस्प पोट्रेटहरु खिच्न मद्दत गर्छ, म्याक्रो सेन्सरले रमाइला क्लोज अप शटहरु साथै ७२०पी मा म्याक्रो भिडियोहरु पनि शुट गर्ने क्षमता राख्दछ ।

५००० एमएएच उत्कृष्ट ब्याट्री प्रविधिका साथ प्रयोगकर्ताले फोन अझै लामो समयसम्म चल्ने अपेक्षा गर्न सक्छन् । पोको सी३ मिडियाटेक हेलियो जी ३५ -८ कोर प्रोसेसरका साथ कोटेक्स – ए५३ कोरका साथ २.३ जीएचजेड सम्म क्लक गरिएको छ । ५००० एमएएच उच्च क्षमताको ब्याट्रीको साथ पोको सी३ ले पर्फमेन्स र दक्षतामा पनि सन्तुलन कायम गरेको छ ।

पोको सी३ मा प्रयोगकर्ताहरुले ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले का साथ १६०० × ७२० रीसोलूशन र २०स्९ को आकृति अनुपातको मज्जा उठाउन सक्नेछन् । फोनको सुरक्षाका लागि एद्दष् न्यानो कोटिङ्ग पनि छ जस्ले पोको सी३ लाई अनावश्यक स्प्ल्यासबाट बचाउँछ । कम्पनीले उक्त २ ओटा फोनको बजारमूल्य क्रमशः १८ हजार ९ सय ९९ र १४ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL