Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २ हजार ८१७ संक्रमित, उपत्यकामा मात्रै थपिए १ हजार ५ सय ३३

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २ हजार ८१७ संक्रमित, उपत्यकामा मात्रै थपिए १ हजार ५ सय ३३



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय १७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यसरी गरिएको पीसीआर परिक्षणमा आज सबैभन्दा बढी काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् । जसमध्ये आज काठमाडौंमा मात्रै आज १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन्। नेपालभर अहिलेसम्म १ लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्