Logo

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ ।

बिहानैदेखि उकालो लागेको नेप्से परिसुचक आज १२ दशमलव ४९ अंकले उकालो लागेको हो । नेप्सेका अनुसार आज कारोबार रकममा समेत उल्लेख्य सुधार आउँदा दिनभर ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।


आज बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ तथा विकास बैंकबाहेक सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । बढेको बजारमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचकमा उल्लेख्य वृद्धि भएको छ । उक्त समुहको परिसुचक आईतबार १ सय २२ अंकले बढ्दा जिवन बीमा समुहको परिसुचक भने ८६ अंकले उकालो लागेको छ ।

यस्तै व्यापार समुहको परिसुचक पनि आज १०५ अंकले उकालो लाग्दा जलविद्युत समुहको परिसुचकमा पनि ३० अंकको सुधार आएको छ । साथै अन्य समुहको परिसुचकमा २८ अंकको वृद्धि हुँदा होटल समुहको परिसुचक पनि २७ अंकले उकालो लागेको छ । आज घटेका बैंकिङ र विकास बैंक समुहको परिसुचक भने क्रमशः १ र ६ अंकले ओरालो लागेका छन् ।


आज दिनभरी विभिन्न १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । आज विभिन्न ८ कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL