Logo

बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । शुक्रबार एक हजार रुपैयाँले बढेको सुनको मुल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।

शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL