Logo

यो साता विदेशमा कोरोनाबाट थप एक नेपालीको मृत्यु, ५४४ संक्रमित थपिए

यो साता विदेशमा कोरोनाबाट थप एक नेपालीको मृत्यु, ५४४ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी प्रभाव भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अस्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप ११ सय ६३ नेपाली कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ ।

समितिका संयोजक डा। सञ्‍जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार ११३ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्‍लिक, डेनमार्क, अस्ट्रियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संघका अनुसार विभिन्‍न १८ देशमा २८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यो साता नेपालमा मात्र एक लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८१ प्रतिशत छ । हिजो शनिबार साँझसम्म नेपालमा एक हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

स्वास्थ्य मन्त्रालयलाई १० हजार किट स्वास्थ्य सामग्री प्रदान
गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा। बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL