Logo

शनिबार २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि, २ हजार २ सय ६ डिस्चार्ज

शनिबार २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि, २ हजार २ सय ६ डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ३५ हजार जना सक्रिय संक्रमित रहेका छन्। १ हजार १४४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। आज २ हजार २०६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL