काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि शैलेन्द्र गुरागाइले चन्द्र ढकाल प्यानलबाट एसोसियटतर्फको सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल स्वतन्त्र उर्जा उत्पादक संघ(इपान)का निर्वतमान अध्यक्ष एवं उद्यमी गुरागाईले ढकाल प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपालको जलविद्युत क्षेत्रका पायोनियर उद्यमी रहेका गुरागाइले शुक्रबार ढकाल प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् । सनराइज बैंकका सञ्चालक समेत रहेका गुरागाइको रियल स्टेट, कलेजलगायतका क्षेत्रमा लगानी रहेको छ ।
नेपालको नीजि क्षेत्रको लगानी रहेको जलविद्युत क्षेत्रको विकास र सुधारका लागि महत्वपूर्ण योगदान दिएका गुरागाइको महासंघमा उम्मेदवारीसँगै जलविद्युत क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
ढकाल प्यानलबाट उद्योगी रामचन्द्र संघइ एसोसियटतर्फको उपाध्यक्ष उम्मेदवार रहेका छन् ।