Logo

मैनाली नेत्तृत्वको नयाँ कार्यसमितिले सम्हाल्यो स्टक ब्रोकर एसोसिएसनको कार्यभार, यस्तो छ नयाँ समिति

मैनाली नेत्तृत्वको नयाँ कार्यसमितिले सम्हाल्यो स्टक ब्रोकर एसोसिएसनको कार्यभार, यस्तो छ नयाँ समिति



काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छ। संघले यसपालि अध्यक्ष निर्विरोध चयन गरेको छ। सन्तोष मैनालीको अध्यक्षतामा एसोसिएसनको २६औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।

मैनाली सेक्योक्योर्ड सेक्युरिटका सञ्चालक हुन्। एसोसिएसनको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत भएका छन्।

सदस्यमा रवीन्द्र श्रेष्ठ, फणिन्द्र ढकाल, सुयोग अधिकारी, मित्रलाल श्रेष्ठ र मदन पौडेल चयन भएका छन् ।
कार्यसमितिमा अध्यक्षसहित ६ जना नयाँ छन् भने चार जना कार्यसमितिमा रहिसकेका व्यक्ति हुन् । एसोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाटको कार्यकाल असोज १२ गते सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL