Logo

शुक्रबार देशभर २९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ५ सय जना डिस्चार्ज

शुक्रबार देशभर २९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ५ सय जना डिस्चार्ज



काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,९०९ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ ।

शुक्रबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा २,९०९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ८८ हजार ८ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४,५०० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,५२,९०८ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,०७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्