Logo

बिहीबार घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बिहीबार घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपालमा सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घट्दै प्रतितोला ९६ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै बिहीबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य बिहीबार बढेर १ हजार २ सय १० रुपैयाँ प्रतितोला पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्