Logo

बुधबार थपिए कोरोनाका ३ हजार ३०९ संक्रमित, ३० संक्रमितको मृत्यु

बुधबार थपिए कोरोनाका ३ हजार ३०९ संक्रमित, ३० संक्रमितको मृत्यु



काठमाडौं । बुधबार नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। साथै पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४४ हजार ९ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ।

देशभर बुधबार थप ३० जना मृतकमा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म १४ लाख ९४ हजार १ सय २२ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्