Logo

जिल्ला नगरका अध्यक्षहरु भन्छन्, ‘निजी क्षेत्रको संरक्षणका लागि चन्द्र ढकाललाई जिताउनु हाम्रो दायित्व’

जिल्ला नगरका अध्यक्षहरु भन्छन्, ‘निजी क्षेत्रको संरक्षणका लागि चन्द्र ढकाललाई जिताउनु हाम्रो दायित्व’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल निर्विकल्प भएको जिल्ला नगर उद्योग वाणिज्य महासंघका अध्यक्षहरुले बताएका छन् । सोमबार राती सवारी दुर्घटनामा गरी गम्भिर घाईते भएका महासंघका केन्द्रिय सदस्य तथा रोल्पा उद्योग वाणिज्य पूर्व अध्यक्ष किशोर आचार्य र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई ढकालले एयरलिफ्टमार्फत उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गराएसँगै जिल्ला तथा नगरका अध्यक्षहरुले समग्र उद्योग वाणिज्य महासंघको हितको लागि पनि अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाललाई जिताउनु पर्ने बताएका हुन् ।


उद्योग वाणिज्य महासंघको नेतृत्व जिल्लाका साथीहरुलाई समस्या पर्दा उक्त समस्या समाधानमा खटिने व्यक्ति चाहिने जिल्ला अध्यक्षहरुको भनाई रहेको थियो । ढकाल आफै कोरोना संक्रमणका कारण स्वास्थ्य समस्या भएको अवस्थामा पनि दुर्घटनामा परेका व्यक्तिहरुको उद्धारमा खटिएसँगै जिल्ला नगरका अध्यक्षहरुले उक्त कुरा बताएका हुन् । विगतदेखि नै जिल्ला नगरका साथै समग्र व्यवसायीक हकहितका लागि अकालत गर्दै आएका ढकालले आफ्नो स्वास्थ्यको समेत प्रवाह नगरी उद्धारमा खटिएपछि जिल्ला नगरका अध्यक्षहरु उनको पक्षमा एकमत भएका हुन् ।

सोमबार राती सवारी दुर्घटनामा परेका महासंघका हाम्रा साथीहरुलाई चन्द्र ढकालले आफ्नो स्वास्थ्यको प्रबाह नगरी व्यक्तिगत रुपमा खटेर उद्धार गरी काठमाडौंमा ल्याएर उपचार गराउनु भयो त्यो समग्र निजी क्षेत्रका लागि ठूलो अहोभाग्य रहेको महासंघका केन्द्रिय सदस्य एवं झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उमेश डालमियाले बताए । ‘ढकालले चक्र अधिकारी र किशोर आचार्यको सवारी दुर्घटना भएसँगै दिनरात आफै खटेर जसरी एयरलिफ्टमार्फत काठमाडौं ल्याउनु भयो त्यो गुन हामीले तिर्न सक्दैनौं,’ उनले भने, ‘तसर्थ हामी निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि पनि अब आउने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकाललाई जिताउनु जरुरी छ ।’

आफ्नो स्वास्थ्य अवस्थाको वावजुदपनि ढकालले आफै खटेर गरेको उद्धारको ऋण हामीले कहिले पनि तिर्न सक्दैनौं तसर्थ पूर्वमेचीदेखि पश्चित महाकालीसम्मका जिल्ला नगर उद्योग वाणिज्य संघका साथीहरुलाई उहाँलाई मतदान गरी भारी मतले जिताउन आग्रह गर्दछु । साथै उद्दारमा खटिने पाल्ला उद्योग वाणिज्य संघप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन् ।

यसैगरी ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरले पनि दुर्घटनामा परेका महासंघका आफ्ना साथीहरुको उद्धारका लागि खटिने पाल्पा उद्योग वाणिज्य संघ र चन्द्रढकाल प्रति विशेष आभार व्यक्त गरेका छन् । दुर्घटनामा परेका महासंघका हाम्रा साथीहरु चक्र अधिकारी र किशोर आचार्यको उद्धारका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल आफै खटिएर हेलिकप्टरमार्फत उद्धार गर्नुभयो त्यसको लागि उद्योग वाणिज्य संघ परिवार हार्दिक धन्दवाद प्रकट गर्दछु,’ उनले भने, ‘महासंघ भित्रका साथीहरुलाइ समस्या पर्दा उहाँले जुन सदासयता देखाएर जुन सहयोग गर्नुभयो त्यस्तो सहयोग अन्य साथीहरुले गर्न सक्नुभएको छैन ।’

ढकालले सवारी दुर्घटनामा पर्ने महासंघका साथीहरु अधिकारी र आचार्यको उद्धारमा दिनरात नभनी खटेर हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार गराएर आफुहरुमाथि असल अविभावकको भुमिका निर्वाह गरेको उद्योग वाणिज्य संघ नेपालगंजका पूर्व अध्यक्ष तथा प्रदेश नम्बर ५ को वाणिज्य संयोजक नन्दलाल बैशले बताए । ‘महासंघका हाम्रो साथीहरुको दुर्घटनामा उहाँ खटिएको देख्दा मलाई लाग्छ महासंघमा उहाँजत्तिको अविभावक अर्को व्यक्ति हाम्रा लागि हुन सक्दैनन,’ उनले भने, ‘हामी साथीहरुको जुन खालको दुर्घटना भएको खबर सुनेका थियौं हाम्रो त होस नै उठेको थियो तर चन्द्र दाईले जसरी खटेर तुरुन्तै हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याएर साथीहरुको ज्यान बचाउनु भयो त्यसको गुन हामीले तिर्न सक्दैनौं ।’ उहाँले आफु ठूलो व्यवसायी भनेर नबसी हामी जिल्लाका साथीहरुलाई समस्या पर्दा जसरी खटिएर उद्धार कार्यमा लाग्नु भयो तसर्थ महासंघमा उहाँलाई ल्याउनु हाम्रो दायित्व हुनेछ ।

‘महासंघ नेतृत्वका कारण अहिले पनि हामी जिल्ला नगरका साथीहरु निरुत्साहित छौं,’ उनले भने, ‘तर आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले हाम्रा साथीहरुलाई समस्या पर्दा जसरी खटिनु भयो अबका दिनमा महासंघको नेतृत्वमा उहाँ आउँदा जिल्ला नगरका समस्याहरु समेत सम्बोधन भई थप उत्साह प्राप्त हुने अपेक्षा गरेको छु ।’

महासंघका हाम्रा साथीहरु चक्र अधिकारी र किशोर आचार्य सवारी दुर्घटनामा परिसकेपछि महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले यस्तो कोरोनाको महामारीको समयमा पनि आफ्नो स्वास्थ्यको प्रबाह नगरी जसरी आफै खटिएर हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंमा ल्याएर उपचार गराउनु भयो जसले गर्दा हाम्रा दुबैजना साथीहरु बाँच्न सफल भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष अशोक ताम्राकारले बताए । ‘चन्द्र ढकालले हामी व्यवसायी तथा समग्र निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनमा जुन खालको भुमिका निर्वाह गर्दै आउनु भएको छ त्यसले पनि उहाँ निजी क्षेत्रको अविभावक हो भन्ने प्रष्ट पारेको छ ।’

यसैगरी महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले पनि जसरी चन्द्र ढकालले आफ्ना साथीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंमा ल्याउनु उपचार गराउनु भयो यो एकदमै सह्रानीय काम भएको बताए । ‘उहँको यस कार्यले हामीले महासंघका साच्चिकै एक अविभावक पाएको महशुस गरेका छौं,’ उनले भने, ‘तसर्थ समस्त हामी उद्योगी व्यवसायीलाई उहाँको खाँचोको रहेको छ ।’

यसैगरी धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोधनाथ दुवाडीले पनि अबको महासंघका चन्द्र ढकालले खाँचो रहेको बताएका छन् । ‘हाम्रा साथीहरु दुर्घटनामा परेको खबरले हामी मर्माहित भएका थियौं भने सोही अनुरुप विचलित पनि थियौं,’ उनले भने, ‘तर जसरी चन्द्र ढकालले अविभाकत्व लिँदै आफ्नो स्वास्थ्यको समेत प्रबाह नगरी दिनरात खटिएर एयरलिफ्टमार्फत काठमाडौं ल्याएर उपचार गर्नुभयो त्यो हाम्रा लागि गौरवको विषय हो ।’

साथै दुर्घटनामा परेका अधिकारी र आचार्यको उद्धारका लागि महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाल, जिल्ला नगरगतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीलगायत टीमको विशेष सहयोग रहेको भन्दै जिल्ला अध्यक्षहरुले धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL