Logo

प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, ९६ हजार ३ सयमा कारोबार हुँदै

प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, ९६ हजार ३ सयमा कारोबार हुँदै



काठमाडौं । बुधबार नेपालमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुन बुधबार बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा पुगेको हो ।

पछिल्लो समय उत्तारचढावका बीच रहेको सुनको मूल्य कहिले बढ्ने र कहिले घट्ने क्रम जारी छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले ओरालो लागेको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्