Logo

महासंघका केन्द्रिय सदस्य आचार्य र कोहलपुरका अध्यक्ष अधिकारी सवारी दुर्घटनामा परी गम्भिर घाईते, एयरलिफ्टमार्फत काठमाडौं ल्याइयो

महासंघका केन्द्रिय सदस्य आचार्य र कोहलपुरका अध्यक्ष अधिकारी सवारी दुर्घटनामा परी गम्भिर घाईते, एयरलिफ्टमार्फत काठमाडौं ल्याइयो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य किशोर आचार्य र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीको सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका छन् । एउटै गाडिमा सवार दुबै जनाको पाल्पाबाट पोखरा जादैगर्दा सोमबार बेलुका सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका हुन् ।

महासंघका केन्द्रिय सदस्य एवं रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्यले आफैले सवारी चलाएर पाल्पाबाट पोखरा जाँदा सवारी दुर्घटना भएको हो । आचार्यले चलाएको गाडि सडकबाट ५ सय मिटर तल खस्दा उनीहरु गम्भिर घाईते भएका हुन् ।

घाईते दुबैको हिजो पाल्पा अस्पतालमा उपचार गरिएको आज थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं स्थित हेम्स अस्पतालमा ल्याइएको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘गम्भिर घाइते भएका आचार्यको पाल्पा अस्पतालमा हिजो अप्रेशन गरिएको थियो,’ हेम्स अस्पतालबाट ढकालले भने, ‘अहिले दुबैजना खतरामुक्त हुनुहुन्छ थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।’

प्रतिक्रिया दिनुहोस्