काठमाडौं । सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधन भएको छ । लामो समयदेखि मिर्गौला पिडित केसीको अचानक रक्तचाप कम भएपछि निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।
चाउचाउ क्षेत्रका पायोनियर केसीको सोमबार राति साढे १० बजे ६५ बर्षको उमेरमा निधन भएको हो । केसीले ३० को दशकदेखि नै रारा चाउचाउको उत्पादन गरी हाल व्यवसाय र राजनीति दुबैमा उत्तिकै सक्रिय एवं सफल थिए ।
हाल नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसदसमेत रहेका केसी नेपाली कांग्रेस लगानी पूर्वाधार तथा रोजगार समितिका सभापति समेत हुन् ।
परिवार स्रोतका अनुसार उनको मंगलबार विहान अन्तिम संस्कार गरिने भएको छ ।
उद्योगपति केसी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्च थिए भने उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । चाउचाउबाट उद्योग क्षेत्रमा प्रवेश गरेका केसीको केसीको निर्माणका साथै जलविद्युत, बैंकलगायतका क्षेत्रमासमेत संलनता रहेको छ लगानी रहेको छ ।