Logo

किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता, उपाध्यक्षदेखि सदस्यसम्म क-कसले दिए उम्मेदवारी (सूचिसहित)

किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता, उपाध्यक्षदेखि सदस्यसम्म क-कसले दिए उम्मेदवारी (सूचिसहित)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि किशोर प्रधान प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । प्रधान प्यानलले ललितपुरको भिमान्त होटलमा उम्मेदवारी दर्ताको घोषणा गर्दै त्यस लगत्तै महासंघ भवन टेकूमा पुगेर उम्मवेदावी दर्ता गराएका हुन् ।

महासंघको ५४ साधारणसभा एवं आसन्न निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र बस्तुगत उपाध्यक्षमा शौरभ ज्योतिले उम्मेदवारी दिएका छन् । जसमध्ये बस्तुगत उपाध्यक्ष ज्योतिले भने कोरोना भाइरस संक्रमणका कारण आज उम्मेदवारी दर्ता गराएका छैनन् ।

उम्मेदवारी दर्ता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले आफुले २८ बर्षदेखि महासंघका रहेर निरन्तर पुजारीको रुपमा काम गर्दै आएको र हाल आएर इश्वरसँग वरदान माग्दै उम्मेदवारी दर्ता गराएको बताए । ‘मैले महासंघको आगामी अध्यक्ष शेखर गोल्छाको कार्यकाल सफलता पूर्वक सम्पन्न गर्न सकु भनेर वरदान मागेको छु,’ उनले भने, ‘र मैले मेरो कार्यकालमा पनि सक्षम व्यक्तिलाई नेतृत्वमा लिएर अघि बढ्न सकुँ मैले यो मतदाता भगवानसँग मागेको वर हो ।’

यसैगरी बस्तुगततर्फका उम्मेदवार अञ्जन श्रेष्ठले देश कोरोना कारण विषम परिस्थितीमा फसेको समयमा महासंघको नयाँ नेतृत्व लिनका लागि सहयोग गरिदिन सम्पूर्ण मतदातासँग आग्रह रहेका छन् । ‘शेखर गोल्छा नेतृत्वको टीमले मात्र अबको देशको सामाजिक र आर्थिक रुपान्तरण गर्न सक्नेछ,’ उनले भने, ‘यसका लागि जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स सम्पूर्ण मतदाता साथीहरुले आफ्नो अमूल्य मत दिएर निर्वाचित गराउनु हुनेछ भन्ने आशा र विश्वास लिएको छु ।’

यसैगरी जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले आफ्नो टीम महासंघको शुद्धिकरण र शुदृढिकरणमा लागेको जानकारी दिँदै अबका दिनमा महासंघलाई थप शसक्त बनाउन आफुहरुलाई जिताउन आग्रह गरेका थिए ।

यसैगरी कार्यक्रममा जुममार्फत मन्तव्य राख्दै आफुहरु एकजुट भएर अघि बढ्न सशक्त टीम निर्माण गरेर महासंघको आसन्न निर्वाचनमा उम्मेदवारी दिन लागेको एशोसिएट्सतर्फमा उपाध्यक्ष शौरभ ज्योतिले बताए ।

प्रधान प्यानलबाट आज बस्तुगततर्फबा उपाध्यक्ष सहित सबै सदस्यहरुले उम्मेदवारी घोषण तथा दर्ता गराएका छन् । यसैगरी एशोसिएट्स तर्फबाट १५ सदस्यलेमात्र उम्मेदवारी घोषणा तथा दर्ता गराएका छन् । यस्तै जिल्ला नगरतर्फबाट पनि ११ जना सदस्यले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यस अघि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले पनि आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गरिसकेका छन् । जसमा जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट्स उपाध्यक्षमा रामचन्द्र संघईं रहेका छन् ।

प्रधान प्यानलबाट आज भएको उम्मेदवारी घोषणा तथा दर्ताको सूचि

जिल्ला नगर
उपाध्यक्ष
दिनेश श्रेष्ठ
सदस्यहरु ः
अरुण सुमार्गी
अशोक अमात्य
तारनाथ घिमिरे
उमेश घिमिरे
रामेश्वर मानन्धर
अशोक ताम्राकार
गजेन्द्र भगत
गोपाल केडिया
देवकुमार श्रेष्ठ
मंगलसिंह ठगुन्ना

बस्तुगततर्फका उम्मेदवार

उपाध्यक्ष
अञ्जन श्रेष्ठ
सदस्यहरु
अरनिको राजभण्डारी
अशोक शर्मा
विप्लव मान सिंह
विष्णु गैरे
दिपक दाहाल
गोविन्द ढुंगेल
माधवलाल श्रेष्ठ
मनिषलाल प्रधान
मिनमान श्रेष्ठ
रामबहादूर श्रेष्ठ
शकुन्तलाल हिराचन
सन्दिप अग्रवाल
शारदा रिजाल
शिवप्रसाद घिमिरे
सुनिल गोपाल श्रेष्ठ

एशोसिएट्स

उपाध्यक्ष
शौरभ ज्योति
सदस्यहरु
विजयसिंह बैद्य
रञ्जित आचार्य
कृष्णप्रसाद दुलाल
राजेश अग्रवाल
शाहिल अग्रवाल
आनन्द वगारिया
मंगेशलाल श्रेष्ठ
अशोक टेमानी
सुनिल नारायण श्रेष्ठ
ज्योत्सना श्रेष्ठ
प्रवल जंग पाण्डे
सन्दिप गाडिया
हेमन्त गोल्छा
शक्ति वेगानी
उदित श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
MBL