Logo

सोमबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपालमा सुनको मूल्य स्थिर रहेको छ । आईतबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भईरहेको सुन सोमबार पनि सोही मूल्यमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार पछिल्लो समय लगातार उत्तारचढावका बीच रहेको सुनको मूल्यमा पछिल्लो समय स्थिरता आउन थालेको छ । तर सोमबार चाँदीको मूल्य भने १० रुपैयाँले उकालो लागेको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आईतबार प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भईरहेको चाँदी सोमबार १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार २ सय ५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्