Logo

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमितको उपचार गर्दा धरौटी रकम नलिनु

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमितको उपचार गर्दा धरौटी रकम नलिनु



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताललाई कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन निर्देशन दिएको छ । यसअघि विभिन्न अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि भन्दै धरौटी रकम र उपचार शुल्क तोकेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

आईतबार आयोजित मन्त्रालको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।

मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त अति अपाङ्गता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL