काठमाडौं । नेपालमा आईतबार थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा संक्रमण भएको हो।
योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ। साथै पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ३४ हजार ८ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ। निको हुनेको दर ७७ प्रतिशत रहेको छ।
कोरोना संक्रमणबाट आइतबार २३ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९६० पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललतिपुरमा १ सय ६४ जना संक्रमित भेटिएका छन् ।