Logo

गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण बढ्दो, गत हप्ता थप ९६३ नेपालीलाई संक्रमण पुष्टि

गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण बढ्दो, गत हप्ता थप ९६३ नेपालीलाई संक्रमण पुष्टि



काठमाडौं । विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगैविदेशमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण बढेको पाइएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सङ्क्रमतिमध्ये ४ सय ५० रोमानियामा रहेका नेपाली छन् ।

सङ्घका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार, यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमण भएका र यसका कारण कसैको पनि मृत्य भने भएको छैन ।

हालसम्म ४२ देशमा रहेका ४३ हजार ५ सय ६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेकामा तीमध्ये ३९ हजार ५ सय ६५ जना अर्थात् ९२ प्रतिशत सङ्क्रमणबाट मुक्त भएको उक्त समितिले जनाएको छ ।

अघिल्लो सातासम्म १९ देशमा रहेका २ सय ८४ नेपालीको कोरोनाका कारण निधन भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL