Logo

प्रतितोला ५ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

प्रतितोला ५ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । आईतबार सुनको मूल्य उकालो लागेको छ । पछिल्लो समय धेरैभन्दा धेरै उत्तारचढावका बीच रहेको सुनको मूल्य यो साताको पहिलो दिन आज प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९५ हजार रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लागेको छ । शुक्रबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्