Logo

शनिबार थप २ हजार ५०८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि, १७ जनाको मृत्यु

शनिबार थप २ हजार ५०८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि, १७ जनाको मृत्यु



काठमाडौं । नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट शनिबार १७ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्