Logo

जाडो महिना सुरु हुँदैछ, यसले कोरोना भाईरसको संक्रमण फैलावटमा कसरी सहयोग गर्छ ?, यस्तो छ अध्ययनको निश्कर्ष

जाडो महिना सुरु हुँदैछ, यसले कोरोना भाईरसको संक्रमण फैलावटमा कसरी सहयोग गर्छ ?, यस्तो छ अध्ययनको निश्कर्ष



काठमाडौं । दक्षिण एशियालगायत पृथ्वीको उत्तरी गोलार्धमा पर्ने विभिन्न स्थानहरुमा जाडोको महिना सुरु भईसकेको छ । प्रतिदिन चिसो बढीरहँदा यसले कोरोना भाईरसको फैलावटलाई कत्तिको असर पुर्याउँछ भन्ने प्रश्न मनमा उब्जीनु स्वभाविकै हो ।

तर एक नयाँ अध्ययनले उक्त कुराको स्पष्टीकरण उल्लेख गर्ने प्रयास गरेको छ । जाडो महिना सुरु हुँदै मानिसलाई फ्लुलगायतका विभिन्न मौसमी सामान्य रोगहरु लागेकै हुन्छन् । सोहीअनुसार हामीले आफ्नो शरिरलाई यस्ता मौसमी रोगहरुबाट बचाउन विभिन्न उपाय अपनाउनु आवश्यक हुन्छ ।

नयाँ अध्ययनले गर्मी महिना र जाडो महिनामा कोरोनाका भाईरसहरु एक व्यक्तिबाट अर्काे व्यक्तिसम्म कसरी र कुन किसिमले प्रसार हुनेगर्दछन् भनेर अनुसन्धान गरेको छ ।

गत अप्रिलको सुरुवातमा प्रायजसो मानिसहरुले गर्मी महिनामा कोरोना भाईरसको संक्रमण न्युन हुने अनुमान र अफवाह फैलाएका थिए । सोहीअनुसार क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक डाक्टरहरुले कोरोना भाईरलाई वातावरणको तापक्रमले कत्तिको असर पार्छ भनेर अनुसन्धानको सुरुवात गरेका थिए । तर कोरोना भाईरसको महामारी गर्मी याममा समेत फैलिन रोकिएन, दिनप्रतिदित यसका संक्रमितहरु बढ्दै गए ।

अनुसन्धाताहरुले यसको फैलावटको बारेमा पत्ता लगाउनका लागि जाडो, गर्मी, भित्र, बाहिर सबै प्रकारको मोडल बनाई अनुसन्धान गरेका थिए । सामान्य भाषणदेखि मानिसले हाच्छ्युँ गर्दापनि कोरोना भाईरसको संक्रमण फैलिएपछि अनुसन्धाताहरुले विभिन्न मोडल तयार पारी अनुसन्धान गरेका थिए ।

तर अनुसन्धाताहरुले यसको संक्रमण फैलाउन सबैभन्दा महत्वपुर्ण बस्तुको रुपमा थुकका छिटालाई मानेका छन् । मानिसहरुले सामाजिक दुरी कायम नगरी एकआपसमा कुरा गर्दा हाम्रो आँखाले नदेखिने थुकका छिटामार्फत यसको संक्रमण सबैभन्दा बढी फैलने डर रहेको अनुसन्धाताहरुको भनाई छ ।

यस्ता थुकका छिटाहरु ६ फीटसम्म यात्रा गर्छन । तर चिसो र आद्र मौसममा भने यसले दुरी बढाउन पनि सक्छ । अर्थात चिसो महिनामा सानासाना थुकका छिटाहरु ६ मिटर (१९.७ फीट)भन्दा बढी पनि यात्रा गर्न सक्ने अवस्था रहन्छ । सोही अनुसार अनुसन्धाताहरु जाडो महिनामा गर्मी महिनाको तुलनामा कोरोनाका भाईरसहरु धेरैभन्दा धेरै चाँडो र बढी फैलने डर हुन्छ ।

गर्मी तथा सुक्खा महिनामा थुकका सानासाना छिटाहरु चाँडै वास्पीकरण हुनेहुँदा सोहीअनुसार त्यती असर नपर्ने वैज्ञानिकहरु बताउँछन् । त्यसैले जाडो महिनामा सकेसक्क बढी सामाजिक दुरी कायम गर्ने र मास्क तथा पञ्जाको बढी प्रयोग गर्न अनुसन्धाताहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्