Logo

दशै सकिएसँगै बढ्दै काेराेना संक्रमित: शुक्रबार मात्रै ३५१७ जनामा भेटियाे संक्रमण, १६ काे मृत्यु

दशै सकिएसँगै बढ्दै काेराेना संक्रमित: शुक्रबार मात्रै ३५१७ जनामा भेटियाे संक्रमण, १६ काे मृत्यु



काठमाडौं । नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। साथै पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट शुक्रबार १६ जनाले ज्यान गुमाएका छन्।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्