Logo

अब कोभिड–१९ प्रेस ब्रिफिङ हप्तामा २ दिनमात्रै, कोरोनाबारे सूचना स्वास्थ्य मन्त्रालयको वेबसाईटबाट लिन सकिने

अब कोभिड–१९ प्रेस ब्रिफिङ हप्तामा २ दिनमात्रै, कोरोनाबारे सूचना स्वास्थ्य मन्त्रालयको वेबसाईटबाट लिन सकिने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले आजको दैनिक कोरोना प्रेस ब्रिफिङमा बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्