Logo

बुधबार १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए ८४३ संक्रमित

बुधबार १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए ८४३ संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार २ सय ४८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये ८ सय ४३ जना काठमाडौं उपत्यकाका छन् । जसमध्ये काठमाडौंका ६ सय ९६ जना, ललितपुरका १ सय १८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै आज कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ । उनीहरुमध्ये ८ सय ८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८ सय २४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ९ सय ८१ जना संक्रमणमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्