नेप्फ्लाईट्सले सन् २०१५ को रेड हेरिङ टप १०० एसिया एवार्ड जितेको छ । रेड हेर्रिङ्गले यो टप १०० एवार्ड, एसियामा आ–आफ्नो क्षेत्रमा ई्नोभेषन र प्रविधिको प्रयोग गरी प्रभावशाली रुपमा काम गरिरहेको प्राईभेट कम्पनीलाई सम्मान स्वरुप प्रधान गरेको हो ।
रेड हेरिङ टप १०० एसिया एवार्ड एसियन व्यापारिक क्षेत्र भित्र काम गर्ने वर्षको सवै भन्दा प्रगतिशिल र सम्भावना वोकेको प्राईभेट कम्पनीलाई दिइदै आएको छ । यो अघि गुगल, फेसवुक, ट्वीटर, सेल्सफोर्स, सायोमी र युटुव जस्ता कम्पनीले यो एवार्ड जितेको थियो । नेप्फाईट्स सवै एयरलाईन्सको टिकट एकै ठाउमा पाईने अनलाईन फ्लाईट वुकिङ प्लाटफोर्म हो ।
‘कुनै एउटा बलियो संभावित कम्पनी छान्नु कुनै सानो कमाल होइन,’ उनले भने, ‘रेड हेरिङका प्रकाशक तथा प्रमुख कार्यकारी अधिकृत आलेक्स विएउक्सले भने, ‘गहिरो अवलोकन र छलफल पश्चात हामीले हाम्रो सूचीका एशिया भरिका १०० औ उम्मेदवारबाट नेप्पफ्लाइट्स छानेका हौं ।’
रेड हेरिङले सम्पादकहरुले हरेक कम्पनिहरुलाई उनीहरुको वित्तीय प्रदर्शन, प्रविधि नवीनता, व्यवस्थापन गुण, रणनीति, र बजार ब्यस्थापनको आधारमा मात्रात्मक र गुणात्मक दुवै मापदण्डबाट मूल्यांकन गर्ने गर्दछन । उनिहरुको संभावित मूल्यांकनको लागि रेड हेहरिङले उक्त कम्पनिको बिगतको ब्यापारको अवस्था, अन्य त्यस्तै कम्पनि सगैको बजारमा अहिलेको अवस्था साथै बिगतमा कम्पनिले अपनाएका नया ब्यापारका सिदान्तहरुको सुचि र तिनिहरुको वकालतको लागि प्रयाप्तता हेर्दछ ।