Logo

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा जम्मा हुने, स्थानीय तहका पदाधिकारीलाई पनि जम्मा गर्न आग्रह

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा जम्मा हुने, स्थानीय तहका पदाधिकारीलाई पनि जम्मा गर्न आग्रह



काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले उक्त कुराको जानकारी दिएका हुन् ।

उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरेका छन । यसअघि विभिन्न सांसदहरुले आफ्नो नशैं भत्ता कोरोना कोषमा जम्मा गर्नै स्वघोषणा गरेका थिए । सोहीअनुसार मन्त्रिपरिषदको बैठकले पनि उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्