Logo

सोमबार थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

सोमबार थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु



काठमाडौं । नेपालमा सोमबार थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।

यस्तै आज २ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको मन्त्रालयले जनाएको छ।

थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार बढीको पिसिआर परीक्षण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्