Logo

देशमा कर्फ्यु लाग्ने हल्ला साँचो होईन : गृह मन्त्रालय

देशमा कर्फ्यु लाग्ने हल्ला साँचो होईन : गृह मन्त्रालय



काठमाडौं । गृह मन्त्रालयले देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक भएको जानकारी दिएको छ । आइतबार राति केही व्यक्तिका मोबाइलमा नेपाल–भारत सीमामा तनाव भएका कारण सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको, देशमा सङ्कटकाल र कर्फ्युलगायत भएको हल्ला निराधार भएको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।

गृह मन्त्रालयले सन्देश पूर्णतः गलत र भ्रामक भएको जनाएको छ । यो घटनाको अनुसन्धान अघि बढेको पनि गृहले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

देशमा कफ्र्यु लाग्ने हल्ला साँचो होईन : गृह मन्त्रालय

प्रतिक्रिया दिनुहोस्