Logo

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार हुँदैं

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL