Logo

आजदेखि दशैँका लागि खसीबोका विक्री गर्दै खाद्य व्यवस्था कम्पनी, बजार मूल्यभन्दा प्रतिकिलो १०० रुपैयाँ सस्तो

आजदेखि दशैँका लागि खसीबोका विक्री गर्दै खाद्य व्यवस्था कम्पनी, बजार मूल्यभन्दा प्रतिकिलो १०० रुपैयाँ सस्तो



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट दशैँका लागि खसीबोका बिक्री गर्दैछ ।

आइतबार बजारमा खसी बोकाको मूल्य विश्लेषण गरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गरिएको र आजबाट विक्री खुल्ला गर्न लागिएको कम्पनीका विभागीय प्रमुख श्रीमणिराज खनालले बताए । कम्पनीले शनिबार दुई सय खसीबोका काठमाडौँ ल्याएको छ । यो बर्ष कम्पनीले च्यांग्रा भने बिक्री नगर्ने खनालले जानकारी दिए ।


संस्थानले बजारमूल्य भन्दा किलोमा प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा बिक्री गने निर्णय गरेको छ ।

‘मूल्य निर्धारण गर्नुअगाडी सबै बजार विश्लेषण गर्यौं, बजारमा साढे ६ सय किलोसम्म बिक्री गरेको देखियो,’ कम्पनीका बिक्री वितरण विभाग प्रमुख भिम थापाले भने, ‘खाद्य कम्पनीले सर्वसाधरणलाई प्रतिकिलो साढे ५ सय रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।’

दसैंलाई लक्षितगरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्याङग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहेपनि मुख्य उद्देश्य बजार हस्तक्षेपरमूल्य नियन्त्रण गर्न रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL