Logo

सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँको गिरावट, चाँदीको मूल्य स्थिर

सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँको गिरावट, चाँदीको मूल्य स्थिर



काठमाडौं । आईतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुन आईतबार घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघले आइतबारका लागि छापावाल सुन प्रतितोता ९४ हजार ७ सय रुपैयाँ तोकेको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँले नै घटेर ९४ हजार २ सय कायम भएको छ । चाँदी भने आइतबार पनि तोलाको १२ सयमै स्थिर रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्