Logo

आज ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै २ हजार ४०२ जना

आज ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै २ हजार ४०२ जना



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५ सय ३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये २ हजार ४ सय २ जना काठमाडौं उपत्यकाका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । उनीहरुमध्ये ७ सय १५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४४ संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्