Logo

बिहीबार थपिए कोरोनाका ३ हजार ७४९ संक्रमित, ३ हजार ५६४ जना निको भए

बिहीबार थपिए कोरोनाका ३ हजार ७४९ संक्रमित, ३ हजार ५६४ जना निको भए



काठमाडौं । बिहीबार देशभर ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

आज कोरोनाबाट ३ हजार ५ सय ६४ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ। पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गरिएको हो। अहिले देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन्।

बिहीबार कोरोनाले थप १९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्