Logo

अर्थमन्त्री विष्णु पौडेलले सम्हाले कार्यभार, पाँच तस्वीरमा हेर्नुस अर्थमन्त्रीको पदभारग्रहण

अर्थमन्त्री विष्णु पौडेलले सम्हाले कार्यभार, पाँच तस्वीरमा हेर्नुस अर्थमन्त्रीको पदभारग्रहण



काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले कार्यभार सम्हालेका छन् । मन्त्री पौडेलले सिंहदरबारमा पुगेर कार्यभार सम्हालेका हुन् ।

पौडेलसँगै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रीहरूले सिंहदरबारस्थित कार्यकक्षमा गएर कार्यभार सम्हालेका हुन् ।

खतिवडाले भदौ १९ गते राजीनामा गरेका थिए । खतिवडाको राजीनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय आफैँले राखेका थिए । कार्यभार सम्हालेपछि लामो समय मन्त्री नहुँदा रोकिएका काममा अर्थमन्त्री व्यस्त रहने अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले बिहीवार दिउँसो कार्यभार सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL