Logo

नवनियुक्त र नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुको सपथग्रहण कार्यक्रम आज हुँदैं, आजै पदभार ग्रहणको तयारी

नवनियुक्त र नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुको सपथग्रहण कार्यक्रम आज हुँदैं, आजै पदभार ग्रहणको तयारी



काठमाडौं । नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुको शपथ कार्यक्रम आज विहान ११ : ३० बजे हुने भएको छ ।  नव नियुक्त तीन मन्त्रीले बिहीबार शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको हो ।

नवनियुक्त र नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुले सपथग्रहण कार्यक्रमपछि आजै आजै पदभार ग्रहणको तयारी गरेको बताइएको छ ।

नयाँ थपिएका मन्त्रीहरु मा विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास, लिलानाथ श्रेष्ठ बालबालिका, महिला तथा जेष्ठ नागरिक र पार्वत गुरुङ्लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी हेरफेर गरिएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैसँग राखेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री ओलीले तीन मन्त्री थपेका छन् अब मन्त्रालयको संख्या २५ पुगेको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ, ‘२०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९० )बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ती हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद गठन गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL