Logo

बुधबार थपिए कोरोनाका २ हजार ६३८ संक्रमित, १२ जनाको मृत्यु

बुधबार थपिए कोरोनाका २ हजार ६३८ संक्रमित, १२ जनाको मृत्यु



काठमाडौं । बुधबार कोरोनाका २ हजार ६ सय ३८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

आज कोरोनाबाट २ हजार १ सय ७४ जना निको भई घर फर्केका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३६ हजार ६ सय ७७ पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित छन्। कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको छ। बुधबार मात्र थप मृतक १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
आज १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्