काठमाडौं । राष्ट्रिय व्यवसायीक पहल (एनबीआई)ले कोरोना महामारीको अवस्थामा ईमान्दारीताका साथ आफ्नो व्यवसाय संचालन गर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै एनबीआईले पछिल्लो समय उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने विभिन्न खाद्यवस्तु विक्री वितरण भएको पाईएको बताउँदै उक्त व्यवहारलाई निरुत्साहित गर्न आग्रह गरेको हो ।
सरकारले चाडबाडको अवसर पारेर गरेको अनुगमनमा विभिन्न व्यवसायीक फर्म, पसलकवललगायतबाट अखाद्य बस्तुहरु प्रशस्तै मात्रामा भेटिएको समाचारहरुप्रति एनबीआईले ध्यानाकर्षण भएको बताएको छ । एनबीआईका अनुसार व्यवसायीले सँधै उपभोक्ताको हक हित पर्ने र स्वास्थ्यमा प्रतिकुल असर नपर्नेगरी काम गर्न आह्वानसमेत गरेको छ ।
यस्तै एनबीआईले यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न व्यवसायीलाई कारबाहीको भागेदार बनाउनसमेत आग्रह गरेको छ ।