Logo

सुनको मूल्यमा ६ सय रुपैयाँको गिरावट, चाँदीको मूल्य पनि घट्यो

सुनको मूल्यमा ६ सय रुपैयाँको गिरावट, चाँदीको मूल्य पनि घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ । उत्तारचढावका बीच रहेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रुपैयाँले ओरालो लाग्दै ९४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय दैनिकरुपमा सुनको मूल्यमा गिरावट आईरहेको छ । तर उत्तारचढावका बीच रहेको सुनको मूल्य मंगलबार भने प्रतितोला ९५ हजार १ सय रुपैयाँ थियो । तर बुधबार पुनः उक्त मूल्यमा गिरावट आएको हो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार मंगलबार १ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य बुधबार घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्