Logo

नर्स र स्वास्थ्यकर्मीको तलव भुक्तानी नगरे अस्पताल नविकरण नहुने, अनिवार्य बैंक खातामार्फत दिनुपर्ने

नर्स र स्वास्थ्यकर्मीको तलव भुक्तानी नगरे अस्पताल नविकरण नहुने, अनिवार्य बैंक खातामार्फत दिनुपर्ने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब नर्स र स्वास्थ्यकर्मीको तलव नदिए अस्पताल नै नविकरण नगर्ने निर्णय गरेको छ । मन्त्रालयले मंगलबार गुणस्तर मापन नियमन महाशाखा, समन्वय महाशाखा,स्वास्थ्य सेवा विभाग र अनुगमन तथा मुल्यांकन शाखालाई उक्त कुराको कार्यान्वयन गराउन निर्देशन दिएको हो ।

यसअघि नेपाल नर्सिङ संघले नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको भन्दै समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेपछि स्वास्थ्य मन्त्रालयले तलवभत्ता बैंक मार्फत भुक्तानी गराउन सम्वन्धित निकायलाई निर्देशन दिन पत्र काटेको हो ।

मन्त्रालयले आफु मातहतका ४ विभागलाई निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले त्यस अस्पतालमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलवभत्ता बैक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० अनुसार अस्पताल संचालन स्वीकृति तथा नविकरण गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यस्तै,निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले स्वास्थ्य उपकरणको आयात अनुमती, भन्सार छुट लगायतका सुविधाको सिफारिस गर्नु अघि अनिवार्य रुपमा त्यस अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको तलवभत्ता बैकिंङ प्रणाली मार्फत भुक्तानी गरेको कागजात प्राप्त भएपछि मात्र गर्न दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्