Logo

मंगलबार थपिए कोरोनाका ३ हजार ५५६ जना संक्रमित, १८ संक्रमितको मृत्यु

मंगलबार थपिए कोरोनाका ३ हजार ५५६ जना संक्रमित, १८ संक्रमितको मृत्यु



काठमाडौं । मंगलबार नेपालमा नयाँ थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

यस्तै आज कोरोनाबाट १ हजार ५ सय ३ जना निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित छन्। आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको छ। मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्