Logo

प्रभु मनिको दशैं योजना, पैसा पठाउँदा र पाउँदा हरेक साता ३२ ईन्चको टिभी उपहार

प्रभु मनिको दशैं योजना, पैसा पठाउँदा र पाउँदा हरेक साता ३२ ईन्चको टिभी उपहार



काठमाडौं । प्रभु मनि ट्रान्सफरले दसैंका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले सुरक्षित मनाऔ पर्व, प्रभुको उपहारसँग योजना सार्वजनिक गरेको कम्पनीको उक्त उपहार योजनाबाट रकम पठाउने र प्राप्त गर्ने दुबै लाभान्वित हुने बताईएको छ ।

उक्त योजनामा हरेक साता ३२ इन्चको टिभीसहित प्रभु सेटअप बक्स पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रभु क्यापिटलमा प्रभु बैंकको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत मोबाइल वालेटमा ३० रुपैयाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट तथा टिभीको वार्षिक प्याकेज लिने ग्राहकले दुई महिनाको अतिरिक्त बोनससमेत पाउनेछन्।
कम्पनीले उक्त योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागु हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL