Logo

अवैध सुनचाँदी ओसारपसार गर्ने भारतीय नागरिकविरुद्ध मुद्धा दायर, २ अर्ब बढीको विगो दावी

अवैध सुनचाँदी ओसारपसार गर्ने भारतीय नागरिकविरुद्ध मुद्धा दायर, २ अर्ब बढीको विगो दावी



काठमाडौं । सुनको अवैध आयात गरेको आरोपमा एक भारतीय नागरिकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्धा दायर गरेको छ । विभागले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित सोनी गोल्ड एण्ड सिल्भर प्रालिका संस्थापक सुनिल सोनीविरुद्ध मुद्धा दायर गरेको हो ।

उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता लिएको र सुन चाँदीको भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा मुद्धा दायर गरिएको हो । विभागले उनीविरुद्ध २ अर्व ३९ करोड ५५ लाख १५ हजार ९ सय ४३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावीसमेत गरी उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्धा दर्ता गरेको छ ।

विशेष सुचनाका आधारमा विभागको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रतिवादीको कारबाट बोरामा लुकाईराखेको नगद र उनको साथमा रहेको मोबाईलसमेत बरामद गरेको छ ।
उनले सुन चाँदीको अवैध आयात, निर्यात तथा विक्री कारोबार गर्ने गरेको तथा मोबाईलको माध्यमबाट विभिन्न व्यक्तिहरुसँग कारोबार गर्ने गरेको पाईएको छ । उनले भन्सार विन्दुबाहेक अन्य नाकाबाट सुन, चाँदी ल्याउने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
MBL