Logo

सोमबार ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै २२ सय ८३

सोमबार ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै २२ सय ८३



काठमाडौं । सोमबार कोरोनाका नयाँ ४ हजार ४७ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको उनले बताए।

आजै कोरोनाबाट १ हजार ४ सय ७३ जना निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ। अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन्।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको छ। सोमबार मात्र थप मृतक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा थप २२ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंका १ हजार ८ सय ८८ जना, भक्तपुरको १ सय १८ जना र ललितपुरका २ सय ७७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्