Logo

आईतबार थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

आईतबार थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु



काठमाडौं । नेपालमा आइतबार थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।
यस्तै आज १ हजर ५ सय ५२ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट ७५ हजार ८ सय ४ जना निको भई घर फर्केका मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ। थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्